वैकल्पिक ‘राजनीतिक शक्ति’ निर्माणबारे छलफल गर्न जनार्दन र घनश्याम पुगे विप्लव निवास

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहलमा रहेका जनार्दन शर्मा र घनश्याम भुसाल शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका छन्।

विप्लव निवासमा पुगेका दुबै नेताले विकसित राजनीतिक परिस्थिति तथा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरेका छन्। तीन नेताबीच अहिले पनि संवाद जारी रहेको बताइएको छ।

नेता शर्माले यसअघि वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र रास्वपाका केही नेताहरूसँग समेत विचार–विमर्श गरेका थिए।

छलफलको केन्द्रविन्दु देशको समसामयिक राजनीतिक अवस्थालाई कसरी प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिन्छ भन्नेमा रहेको बताइन्छ।

सिफारिस