शहीद परिवार माओवादी केन्द्रको नाम र चिन्हको दाबी गर्दै निर्वाचन आयोग जाँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं- माओवादी केन्द्र आफ्नो नै भएको दाबी गर्दै शहीद परिवार आज निर्वाचन आयोग जाने भएका छन्। उनीहरूले हसियाँ–हतौडा चुनाव चिन्ह कायम राख्नुपर्ने मागसहित आयोगमा निवेदन बुझाउने तयारी गरेका छन्।

रजमान तामाङको नेतृत्वमा शहीद सन्ततिहरू र माओवादी आन्दोलनका पूर्वयोद्धाहरूको टोली आज मध्यान १२ बजे आयोगतर्फ जाने कार्यक्रम रहेको छ।

माओवादी केन्द्रलाई विघटन गरी प्रचण्ड नेतृत्वले नेकपा ९एकीकृत समाजवादी० सँग एकता गरेको निर्णयपछाडि पार्टीभित्र गम्भीर अन्तरविरोध उत्पन्न भएको थियो। त्यसपछि रजमान तामाङ पक्षले आफूहरूले माओवादी केन्द्र बचाउने दावा गर्दै चिन्ह र नामको स्वामित्व माग्दै आएको छ।

तामाङ पक्षका अनुसार हसियाँ–हतौडा चिन्ह केवल एउटा चुनाव प्रतीक नभई गणतन्त्र, परिवर्तन र हजारौं शहीदहरूको बलिदानको प्रतिनिधित्व हो।

निर्वाचन आयोगले दर्ता र चिन्ह दाबीसम्बन्धी कागजात आएपछि कानुनी प्रक्रिया अनुसार निर्णय हुने जनाएको छ।

सिफारिस