कर्तव्य ज्यान मुद्धामा ‘रेड नोटिस’ जारी भएका व्यक्ति इन्टरपोलमार्फत युएईबाट पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । व्यक्ती हत्या गरेको कसुर (कर्तव्य ज्यान)सम्वन्धि मुद्दाका फरार फरार प्रतिवादी पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका पर्वत साविक बेउलीबास गाविस(३ घर भएका रेशम बहादुर राना युएईबाट पक्राउ परेका हुन् ।

रानालाई एनसिबि अबुधाबी युएईको समन्वयमा बिहिबार युएईबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारवाही गर्ने गरिशुक्रबार नेपाल फिर्ता ल्याइएको बताईको छ ।

रेशम बहादुर राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी
प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय
इन्टरपोल शाखाले जनाएको छ ।

सिफारिस