स्वर्णलक्ष्मी सहकारी ठगीका ‘फरार अभियुक्त’ ज्ञानबहादुर बम्जन पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका फरार अभियुक्त, सिन्धुली दुधौलीका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

बम्जन जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका थिए । प्रहरीका अनुसार उनलाई सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी तथा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी ज्ञानबहादुर सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । बम्जन सहकारी ठगी प्रकरणमा अर्बौं रकम अपचलन गरेर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी)राईका जेठान समेत हुन् ।

 

सिफारिस