
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका एक प्रतिवादी पक्राउ परेका छन्। आइतबार रौतहट जिल्ला, फतुवा हर्साह–९ स्थायी घर भएका वर्ष ४२ का निराजन भन्ने निरन्जन कुमार खरेल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार खरेल ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधमा संलग्न भएके आरोपमा पक्राउ परेका हुन् ।
खरेलमाथि ठगी कसूरमा संकलन गरिएको नगद तथा चेकमार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने र गैरकानुनी रुपमा पीडितहरूबाट असुल गरिएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी तथा कागजात कीर्तेमा संलग्न रहेको भन्ने उजुरीका आधारमा पक्राउ गरि आवश्यक छानविन सुरु गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।
आरोपी खरेललाई थप कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरेको बताइएको छ । उक्त प्रकरणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।