मधेश सरकारमा सहभागी आफ्ना मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश प्रदेश सरकारमा सहभागी आफ्नी मन्त्रीलाई तुरुन्त फिर्ता हुन निर्देशन दिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निर्णयविपरीत सरकारमा निरन्तर रहँदा कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

मुख्यमन्त्री सरोज यादवको नेतृत्वमा गठित सरकारमा राप्रपाकी सांसद कन्चन बिच्छा मन्त्री बनेकी थिइन्। पार्टी अध्यक्ष लिङ्देनले उक्त नियुक्तिलाई गम्भीर विषयका रूपमा लिँदै यसले पार्टी अनुशासनमा ठुलो आघात पुर्‍याएको टिप्पणी गरेका छन्।

लिङ्देनले जारी वक्तव्यमा भनेका छन्, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको स्पष्ट उल्लंघन हो।’

राप्रपाका सम्बन्धित सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिइएको छ ।