मधेश प्रदेशमा मुख्यमन्त्री सरोज यादवविरुद्ध प्रदर्शन, मुख्यमन्त्री कार्यालयमा तोडफोड र तालाबन्दी

दियोपोस्ट संवाददाता

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सात राजनीतिक दलका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै आन्दोलन गरेका छन्। मुख्य मन्त्रीको बिरोधमा सोमबार मुख्यमन्त्री कार्यालयमा सोमबार तोडफोड भएको हो ।

मुख्यमन्त्री कार्यालयमा पुगेका सात दलका कार्यकर्ताले कार्यालयका सामग्रीमा तोडफोड गरेका छन्। मुख्यमन्त्री यादव आउँदैछन् भन्ने जानकारी पाएपछि उनीहरू कार्यालय अगाडि भेला भई नाराबाजीसहित अवरोध गर्ने प्रयास गरेका थिए।

यसै क्रममा प्रदर्शनकारीहरूले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेका छन्। साथै, प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी अभियान जारी रहेको बताइएको छ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई सोमबार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।