काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उनीहरू औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा र खादामालाले स्वागत गरेका थिए । त्यस अवसरमा झाँक्रीसहितका नेताहरूले पार्टी अध्यक्ष ओलीलाई प्रतीकात्मक रूपमा कलम हस्तान्तरण गर्दै एमालेमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायतका नेताहरू पनि एमालेमा प्रवेश गरेका थिए ।
त्यस्तै अन्य सदस्यहरू केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायतका नेताहरू पनि एमालेमा समाहित भएका छन् ।

