काठमाडौँ । नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। सुर्खेतको एयरपोर्ट रोडमा एक कार्यक्रको आयोजना गरि सो्रुम खोलिएको थियो ।
‘स्वर्णिम बिजनेस कन्सर्न प्रा.लि’द्वारा आयोजना गरिएको थियो । जसले देशभर गुणस्तरीय सवारी साधन र सेवाहरू प्रदान गर्ने फोटोनको यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन थपेको छ।
सुर्खेत चेम्बर अफ कमर्शका महासचिव राम प्रसाद जैशी राजुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ब्रान्डको बढ्दो प्रतिष्ठा र सामुदायिक सम्बन्धलाई झल्काउने गरी स्थानीय विद्यालय, यातायात समिति र प्रतिष्ठित बैंकका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू उपलब्ध छन् । जसमा माउन्टेन ईभी भ्यान, त्ःज्ञ, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप समावेश छन्।
यी सवारीहरूले ग्राहकका सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका विविध आवश्यकताहरू पूरा गर्छन्।
नेपालमा उच्च गुणस्तरीय व्यावसायिक सवारी र इनोभेटिभ सोलुसन्सका लागि मानक स्थापना गरेको चितवन शोरुमको सफलतासँगै अब सुर्खेत शोरुमले एमएडब्लू वृद्धिको उत्कृष्टता, पहुँच र भरपर्दोपनको प्रतिबद्धतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
चितवन शोरुमले त्यस क्षेत्रको लागि उच्च गुणस्तरीय, कुशल र भरोसायोग्य मोबिलिटी सोलुसन्सको माग पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको छ भने अब सुर्खेत शोरुमले पश्चिमी क्षेत्रका ग्राहकहरूको लागि सोही सफलताको परम्परा जारी राख्ने छ।
यस विस्तारसँगै, फोटोन मोटरको बिक्री नेटवर्क अहिले देशभर १५ स्थानसम्म फैलिएको छ, जसले सुर्खेत र आसपासका क्षेत्रका ग्राहकहरूलाई अझ सहज पहुँच र सेवा सुनिश्चित गर्दछ।
साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क पनि नेपालभर १७ सेवा केन्द्रहरूमा विस्तार भएको छ, जसले ग्राहकहरूलाई सुविधासम्पन्न आफ्टर सेल्स सर्भिस, मर्मतसम्भार समाधान र ब्रान्डको भरपर्दोपनको प्रतिवद्धता प्रदान गर्छ।
“हामी फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित छौं”, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता भन्छन्, “चितवन शोरुमको सफलतापछि यो फ्यासिलिटीले विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। हामी हाम्रो सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गर्छौं।”
