नख्खु कारागारबाट भागेका ‘कालीबाबा’ पुनः पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । हाडनाता करणीको अभियोगमा २५ वर्ष कैद सजाय पाएका ‘कालीबाबा’ नामले चिनिने भरत लामिछानेलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका लामिछानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीबाट पक्राउ गरेको हो ।

हाडनाता करणी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २५ वर्ष कैद सजाय पाएका लामिछाने २४ भदौमा नख्खु कारागारबाट फरार भएका थिए । उच्च अदालत पाटनले जिल्ला अदालतको फैसलालाई यथावत् राखेको थियो । उनले अझै १४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेको बताइएको छ ।

पक्राउ परेका लामिछानेलाई पुनः नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।

सिफारिस