
काठमाडौँ । मधेश प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुख बबिता कुमारी राउत ईशरले खारेज गरेकी छन्। उपसभामुख ईशरले सो निर्णय प्रतिशोधपूर्ण रहेको भन्दै उक्त बदर गरेकी हुन् ।
सभामुख रामचन्द्र मण्डलले जसपा नेपालका चार र जनमत पार्टीका एक गरी पाँच सांसदलाई लगातार १० बैठकमा अनुपस्थित रहेको आधारमा बिहीबार पदमुक्त गरेका थिए।
उपसभामुख ईशरले ती पाँचै सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रमाणित भएको बताउँदै सभामुखको कारबाही उचित नठहरिएको स्पष्ट पारेकी छन्।
