लुम्बिनीका सभामुखले गरे आफ्नो सचिवालय विघटन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन् । घोषणा गरेका छन्। सभामुख मगरले आइतबार एक विज्ञप्ती जारी गर्दै विशेष परिस्थिति र वर्तमान आवश्यकताका कारण सचिवालय विघटन स्थगित गरेको बताएका हुन् ।

सोमबारदेखि लागू हुने गरि यो निर्णय गरिएको सभामुखद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विशेष परिस्थिति र वर्तमान आवश्यकताका कारण स्वकीय सचिवालय तथा निजी कर्मचारीलाई व्यक्तिगतरूपमा प्रदान हुँदै आएको सुविधा कटौती गर्नु पर्ने भएकाले स्वकीय सचिवालय विगठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

सभामुखले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार सचिवालय स्थगित गरेका हुन्।

 

सिफारिस