नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी ‘एकता सन्देश’ सभा आयोजना गर्ने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभाहरू आयोजना गर्ने भएको छ। पार्टीले सोमबार एक् विज्ञप्ती जारी गर्दै प्रदेशदेखि स्थानीय तहसम्म एकता सन्देश सभाको कार्यलातिका सार्वजनिक गरेको हो ।

पार्टीका अनुसार प्रदेशस्तरका एकता सन्देश सभाहरू निम्न तालिकाअनुसार सञ्चालन हुनेछन्–

सुदूरपश्चिम प्रदेश – मंसिर १२, धनगडी

लुम्बिनी प्रदेश – मंसिर १३, बाङ देउखुरी

गण्डकी प्रदेश – मंसिर १४, पोखरा

कोशी प्रदेश १– मंसिर १५, विराटनगर

उपत्यका विशेष प्रदेश – मंसिर १७, काठमाडौं (हलमा)

कर्णाली प्रदेश – मंसिर १८, सुर्खेत

संघीय सम्पर्क समन्वय प्रदेश – मंसिर १९, काठमाडौं (हलमा)

मधेश प्रदेश – मंसिर २०, जनकपुर

प्रवास प्रदेशहरु – मंसिर २१, साँझ ६ बजे (भर्चुअल कार्यक्रम)

बागमती प्रदेश – मंसिर २३, हेटौंडा

पार्टीले मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको निर्णयअनुसार सबै जिल्लामा एकता सन्देश सभा सम्पन्न गरिने जनाएको छ।

त्यसपछि मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानीय तहमा एकैदिन एकता सन्देश सभा आयोजना गरिने पार्टीले जनाएको छ ।

कार्यक्रमहरूको सम्पूर्ण आयोजना तथा व्यवस्थापन सम्बन्धित तहका पार्टी कार्यालयहरूले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले एकता सन्देश सभामार्फत संगठनात्मक एकता, नयाँ पार्टी संरचना र भावी राजनीतिक अभियानबारे जनसमक्ष स्पष्ट सन्देश पुर्‍याउने लक्ष्य राखेको बताइएको छ।

सिफारिस