मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरी टोलीले पक्राउ गरेको छ। हिंसा भड्काउन सक्ने अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित प्रसाईंको निवासबाट उनलाई मध्यराततिर गिरफ्तार गरेको हो।

१५ चैतमा भएको हिंसात्मक आन्दोलनपछिको पक्राउपछि अदालतको आदेशमा छुटेका प्रसाईं हाल संविधान, शासनप्रणाली र बैंक ऋण मिनाहा जस्ता मागसहित आन्दोलन तयारीमा थिए।

प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलले आजैदेखि संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। मंसिर ७ गते प्रदर्शन गर्ने भनिए पनि नेताहरूले गिरफ्तारीको विरोधमा आजैदेखि देशव्यापी आन्दोलन थाल्ने बताए।

नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रपाईलाई मध्यरातमा अपहरणको शैलीमा गिरफ्तार गरको भन्दै सरकारले शान्ति भंग गरेको आरोप छ लगाए । उनले पहिलो चरणमा आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइने बताए ।

प्रसाईंलाई तत्काल, विना सर्त र सम्मानपूर्वक रिहाइ गर्नुपर्ने माग राख्दै थाम्सुहाङले सरकारले नसुनेको खण्डमा यसको अन्त्य सडकबाटै हुने चेतावनी दिए ।

सिफारिस