काठमाडौं । सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले चार दिन म्याद थपि थुनामा रखिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार दिनको म्याद अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले प्रसाईंलाई कम्तीमा चार दिन प्रहरी हिरासतमै राखी अनुसन्धान अघि बढाइने बताए ।
उनले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरी त्यसका लागि तयारी तीव्र पारेका थिए।
तर नियोजित आन्दोलनभन्दा अघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्तिमा खलल पुर्याउने खालका अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गर्नु परेको हो।