विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पायो ‘गुलाब’ चुनाव चिन्ह

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दल दर्ताको प्रमाणपत्रसहित चुनाव चिह्न प्राप्त गरेको छ। निर्वाचन आयोगले सोमबार पार्टीलाई दल दर्ता प्रमाणपत्रसंगै ‘गुलाब’ चुनाव चिन्ह प्रदान गरेको हो।

दर्तापछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै विप्लवले अब पार्टी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानसहित आगामी निर्वाचन प्रक्रियामा सहभागी हुने बताए।

विप्लवले जनताको हातमा इतिहास निर्माणको शक्ति रहेको भन्दै जनताले परिवर्तन सम्भव ठानेको मार्गमा अघि बढ्न तयार रहेको बताए ।

राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार गठन भएमा सबै दललाई समेटेर चुनावमा लैजाने र नयाँ व्यवस्था निर्माण गर्ने आफ्नो पार्टीको निष्कर्ष रहेको उनले बताए।

सिफारिस