काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई जनही १५ हजार रुपैयाँका दरले थप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारमा सहयोग पु–याउने उद्देश्यले यो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएका २ हजार ४२९ जनालाई उक्त राहत रकम उपलब्ध गराइनेछ।
यसअघि सरकारले घाइतेहरूलाई जनही २० हजार रुपैयाँ राहत प्रदान गरिसकेको थियो।