आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा ‘सतबीज’ छर्नेको भीड बढ्दो

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजधानीका विभिन्न तीर्थस्थलमा आज बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइँदै छ। दिवंगत पितृको आत्मशान्तिका लागि मनाइने यो पर्वमा भक्तजनले विहानैदेखि पशुपतिनाथ, गुह्येश्वरी, बागमती किनारलगायत क्षेत्रमा सतबीज छर्ने परम्परा रहेको छ ।

बालाचतुर्दशीमा सतविज छर्ने चलनलाई पूर्वजप्रति कृतज्ञता व्यक्त गर्ने पवित्र अनुष्ठानको रूपमा लिइन्छ। परम्पराअनुसार सात वा बढी प्रकारका अन्नबीउ लिएर तीर्थक्षेत्र वरिपरि छर्ने प्रचलन छ। धार्मिक मान्यताअनुसार बीउ छर्दा दिवंगत आत्माले ‘नयाँ यात्रा’ पाउँछ भन्ने विश्वास रहेको छ।

बालाचतुर्दशीका अवसरमा सतबीज छर्ने क्रममा बागमती किनारमा फोहोर बढ्ने, भीड व्यवस्थापनमा कठिनाइ देखिने र पुरातात्त्विक संरचनामा क्षति पुग्ने जोखिमबारे सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

 

 

सिफारिस