सिमरा विमानस्थल ‘तनावग्रस्त’, उडान रद्दपछि एमाले नेताहरू विमानस्थलमै अलमल

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बाराको सिमरास्थित सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त बनेपछि एमाले नेताहरु बिमानस्थलमै रोकिएका छन् । एमाले निकट युवा र जेनजी युवाबीचको झडपका कारण सिमरा विमानस्थलका सबै निर्धारित उडान रद्द गरिए पछि नेताहरु बिमास्थलमै रोकिएका हुन् ।

बुधबार बाराको परवानीपुरमा आयोजित नेकपा एमालेको मधेश प्रदेशस्तरीय युवा भेलामा जानका लागि एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत बिमानस्थल पुगिसकेका थिए ।
निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साह लगायतका नेता विमानस्थलभित्रै रहेको बताइएको छ ।

सिमरा बिमास्थल क्षेत्र तनावग्रस्त भई कर्फ्यु आदेश जारी भएपछि उनीहरु बिमानस्थलमै रोकिएका थिए ।

यता, काठमाडौंबाट आउने पार्टी नेताहरूलाई स्वागत गर्न जाने क्रममा एमालेका नेताहरू सिमरा बिमानस्थलमा जम्मा भइसकेका थिए । तर, एमाले कार्यकर्ता र प्रदर्शनकारीबीचको वादविवादका कारण झडप भएको थियो ।

सिफारिस