सिमरामा ‘कर्फ्यु’का बीच जेन-जी युवाहरुको प्रदर्शन जारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाराको सिमरामा एमाले युवा र जेनजी युवाबीच झडप पछि स्थिति असामान्य बन्दै गएको छ । स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश लगाइएता पनि जेनजी समूहले सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।

जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका हुन् ।

प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । प्रहरीको चेतावनीलाई वेवास्ता गर्दै प्रदर्शनकारीले सडकमा टायर बालेर नारावाजी गरिहरेका छन् ।