प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समयावधि आज सकिँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल दर्ताका लागि तोकिएको समय आज सकिँदैछ । बुधबार साँझ ५ बजेसम्म निर्वाचन आयोगमा दल दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले आजसम्म दर्ता प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।

पहिले नै आयोगमा दर्ता भएका दलहरूले समेत यस पटकको निर्वाचनमा भाग लिन पुनः दल दर्ता गराउनुपर्ने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

आयोगमा हाल कुल १३४ दल दर्ता छन्। तीमध्ये मंगलबारसम्म ८० दलले मात्र दल दर्ता प्रक्रिया पूरा गरेको निर्वाचन आयोगले जनाएको छ ।

सिफारिस