काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेजको माग गरेको छ । महासंघको टोलीले शिक्षामन्त्री महावीर पुनसँग भेट गर्दै सहमति कार्यान्वयनका लागि आग्रह गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, ‘सरुवा निर्देशिका खारेज, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि आवश्यक पत्राचार, स्थानीय भत्ताको व्यवस्था लगायतका विषयमा शिक्षा मन्त्रीलाई अनुरोध गरेको बताए ।
गत चैत–बैशाखमा काठमाडौंमा शिक्षकहरूले गरेको आन्दोलनपछि सरकारसँग नौ बुँदे सहमति भएको थियो। उक्त सहमतिमा असार महिनाभित्र नयाँ शिक्षा ऐन ल्याउनेजस्ता महत्त्वपूर्ण बुँदाहरू समावेश छन्। तर, ती बुँदाहरू कार्यान्वयन नहुँदा शिक्षकहरू असन्तुष्ट भएको महासंघको भनाइ छ।
यसबाहेक, २०८१ जेठमा सार्वजनिक गरिएको सरुवा निर्देशिका व्यवहारिक नभएको दाबी गर्दै शिक्षकहरूले त्यसको खारेजीको माग दोहोर्याएका छन्।