जेन-जी नेता मिरज ढुङ्गानाको चेतावनी : ‘अब हामी चुप बस्दैनौँ’

दियोपोस्ट संवाददाता

काठमाडौँ । गत ३ महिनदेखि आफ्नो मागका लागि आवाज उठाउँदै आएका जेनजी लिडर मिरज ढुङ्गानाले सरकारप्रति लक्षित गर्दै आन्दोलन तीव्र बनाउने चतावनी दिएका छन्। सरकारले जेनजी पुस्ताको आवाज नसुनेको भन्दै ढङ्गानाले आन्दोलन नरोक्ने चेतावनी दिएका हुन् ।

जेनजी नेता ढुङ्गानाले प्रधानमन्त्री सुशिला कार्कीले माग पुरा गर्छु भनेर आश्वासन मात्रै दिएको तर परिणाम शुन्य रहेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो आवाज दबाउने प्रयास भएको तीन महिना भयो। प्रधानमन्त्री कार्कीबाट ‘माग पूरा गर्छौं’ भनेर आश्वासन त पाइयो, तर परिणाम आजसम्म शून्य छ। अब हामी चुप बस्नेवाला छैनौँ । हाम्रो अधिकार, हाम्रो आवाज र हाम्रो भविष्यको कुरा हुँदा मौनता हामीले रोज्ने छैन। जसले बोली रोकेको छ, त्यसलाई अब हाम्रो दृढताले जवाफ दिनेछ। हामी बोल्छौँ, हामी उठ्छौँ, र हाम्रो अधिकार पूरा नहुन्जेल ।’

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन सोमबार ढुङ्गानाको समूह सिंहदरबारतर्फ जाँदै गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो।

सरकारकै उदासीनता र माग सम्बोधनमा ढिलाई हुँदा आन्दोलन उग्र बन्न लागेको संकेत ढुङ्गानाले आफ्नो अभिव्यक्तिमार्फत दिएका हुन्।

ढुङ्गानाका अनुसार, तीन महिनादेखि उनीहरूको आवाज दबाउने प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्कीले ‘माग पूरा गर्छौं’ भनेर आश्वासन दिएको भए पनि आजसम्म कुनै व्यवहारिक परिणाम नदेखिएको उनले बताए।

उनको समूहले सरकार माग सम्बोधनमा गम्भीर नभएसम्म आन्दोलनलाई अझ व्यापक बनाउने चेतावनी दिएको छ।