काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा प्रदर्शन भएको छ। जेनजी पुस्ताका युवाहरूले बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लाकार्डसहित सडकमा उत्रिएर बस्नेतको बिरोधमा नारावाजी गरेका हुन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार पदच्युत भएयता बस्नेतले जेनजी युवाहरुका बिरुद्ध दिइरहेको कारण आक्रोशित बनेका युवाहरूले निरन्तर रुपमा आन्दोलन गरिरहेका छन् ।
यसअघि, मंसिर ४ मा बाराको परवानीपुरमा आयोजना भएको एक कार्यक्रममा बस्नेत सहभागी हुने जानकारी पाएपछि जेनजी युवाले त्यहाँ पनि विरोध प्रदर्शन गरेका थिए। सो घटनापछि बाराको सिमरा क्षेत्र दुई दिनसम्म तनावग्रस्त बनेको थियो।