काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी र दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल पार्टी’ले आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने सहमति गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घिसिङ र सुनारले आज एउटै चिन्हबाट चुनाव लड्ने लिखित सहमति गरेका हुन् ।
हाम्रो नेपाल पार्टीले पनि आगामी आम निर्वाचनमा ‘बिजुलीको चिम’ चिन्हमा प्रतिस्पर्धा गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।
यसअघि कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले ‘बिजुलीको चिम’ र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीले ‘लाइक’ चिन्ह आयोगबाट प्राप्त गरेका थिए। तर, निर्वाचन उद्देश्यका लागि उनीहरूले साझा चिन्ह प्रयोग गर्ने निर्णय गर्दै आयोगमा संयुक्त निवेदन दिएका छन्।
आयोगको प्रावधानअनुसार फरक–फरक पार्टीहरूले एउटै चिन्ह लिएर चुनाव लड्न अलग्गै आवेदन दिन सकिन्छ।
यससँगै नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चिन्हमा आगामी चुनावमा भाग लिनका लागि आयोगमा निवेदन दिएका छन्।