
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जसपा, नाउपा र रामुपाले एउटै चिन्हमा चुनाव लड्ने सहमति गरेका छन् । तीन पार्टीले सहमति गर्दै जाँतो चिह्नमा चुनाव लड्न बुधबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा), राजेन्द्र महतोको पार्टी राष्ट्रिय मुक्ति पार्टी (रामुपा)ले एउटै चुनाव चिन्हमा चुनाव लड्न सहमति जनाएका छन् ।
