काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र जनता समाजवादी पार्टी (जसपा)बीच आज एकता हुने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा समूहबीच आज औपचारिक एकता घोषणा हुने भएको हो ।
राष्ट्रियसभा गृहमा आयोजना गरिएको उक्त एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे सुरु हुने बताइएको छ। जसपाका नेता दुर्गा सुवेदीका अनुसार घोषणासभा समारोहमा दुवै पक्षका शीर्ष नेताहरूले संबोधन गर्ने कार्यक्रम रहेको छ।
यसअघि गत आइतबार जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेता औपचारिक रूपमा नेकपामा प्रवेश गरिसकेका छन्।