काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनीका १० नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । उनीहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा छाडी प्रगतिशील लोकतान्त्रिक पार्टीमा औपचारिक प्रवेश गरेको जानकारी गराएका हुन्।
पार्टी छोड्ने नेताहरूमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत बिक रहेका छन्। त्यस्तै, लुम्बिनी प्रदेश कार्यालय सचिव यज्ञ पोख्रेल, प्रदेश समिति सदस्य कृष्ण भण्डारी, प्रदेश समिति सदस्य भक्तबहादुर पुन ‘जलन’ सहित अन्य नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरि प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।
विज्ञप्तिमा उनीहरूले हालको नेकपाभित्र देखिएको नीतिगत विचलन, आन्तरिक लोकतान्त्रिक अभ्यासको कमजोरी तथा वैचारिक अस्पष्टताप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेको उल्लेख गरेका छन्।