नेकपाको सुदुरपश्चिम प्रदेशस्तरीय सन्देश सभा आज धनगढीमा हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज धनगढीमा सन्देश सभा आयोजना गर्दैछ। पार्टी गठन भएपछि पहिलोपटक प्रदेशस्तरमा सन्देश सभा गर्न लागेको हो ।

आजको सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

पार्टीले आगामी कार्यक्रमअनुसार लुम्बिनी प्रदेशको देउखुरीमा मंसिर १३ गते, गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते र कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते सन्देश सभा गर्नेछ।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते र बागमती प्रदेशको हेटौँडामा मंसिर २३ गते सभा आयोजना गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ।

सिफारिस