पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रास्वपामा प्रवेश गरेका छन् । एआइजी पोखरेल शुक्रबार रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए ।

परिवर्तनका लागि इमान्दार व्यक्तिहरू जोडिनु आवश्यक रहेको भन्दै परिवर्तनका लागि खुलेर बोल्ने बताए ।

सो अवसरमा पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको बताए । पार्टी सभापतिमाथि भएका अन्यायका विरुद्ध खुलेर लड्ने भन्दै उनले कुनै पनि विषयमा बोल्न नडराउने धारणा ब्यक्त गरे ।

 

सिफारिस