पूर्वसांसद गंगा चौधरीमाथि कुटपीट, आफ्नै गाउँका महिलाहरुले आक्रमण गरेको आरोप

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राप्ती गाउँपालिका–७ मा उत्पन्न भएको बाटो विवादसम्बन्धी छलफलका क्रममा पूर्वसांसद गंगा चौधरी स्थानीय महिलाहरूको आक्रमणमा परेकी छन्। विवाद समाधानका लागि पुगेकी चौधरीले एक महिलामाथि हात हालेपछि आक्रोशित महिलाहरुले सामूहिक रूपमा उनलाई कुटपिट गरेको स्थानीय स्रोतले जनाएको छ।

घटनापछि चौधरीले आफूलाई कुटपिट गर्नेहरूलाई कानुनी कारबाहीको माग गर्दै आवश्यक प्रक्रिया अघि बढाउने चेतावनी दिएकी छन्। उनका अनुसार हमलामा संलग्नहरू माओवादी कार्यकर्ता रहेका छन् र उनीहरूलाई आफूले पहिचानसमेत गरेको दाबी छ।

चौधरीले उक्त घटनालाई ‘सुनियोजित’ भन्दै घुँडामा चोट लागेको र आक्रमणकै क्रममा आफूले लगाएको मंगलसूत्र समेत लुटिएएको बताइन्। उनले कुटपिटमा संलग्न व्यक्तिहरूविरुद्ध अस्थायी प्रहरी चौकी सिसहनियामा उजुरी दिएकी छन्।

प्रहरी चौकी सिसहनियाका वरिष्ठ असई रकम बहादुर खड्काका अनुसार सो क्षेत्रको जग्गा तथा सिमाना सम्बन्धी विवादका कारण दुबै पक्षबीच झगडा भइ हाताहात भएको हो। खड्काले घटनाबारे दुवै पक्षबाट ठाडो निवेदन दर्ता भएको जानकारी दिए।

सिफारिस