अवैध भरुवा बन्दुकसहित ६४ वर्षीय पुरुष पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पाल्पाको तानसेन नगरपालिका-१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी पक्राउ परेका छन् । आफ्नै घरमा अवैध हतियार भरुवा बन्दुक राखेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज बिहान करिब ११ बजे प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले रेश्मीको घरमा रितपूर्वक खानतलासी गर्दा कोठाभित्र लुकाइछिपाइ राखिएको एक थान एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाइएको छ।

अवैध हतियारसहित पक्राउ परेका रेश्मीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा राखेको छ।