पत्रकार कविन्द्र शेर्माको निधन

दियोपोस्ट संवाददाता

काठमाडौँ । क्यान्सर रोगसँग जुधिरहेका पाँचथरका पत्रकार कविन्द्र शेर्माको ४३ वर्षको उमेरमा निधन भएको छ। काठमाडौँस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा मंसिर ४ गते राति उनको निधन हो ।

पछिल्ला केही वर्षदेखि क्यान्सर रोगबाट पीडित शेर्मा उपचाररत थिए। पाँचथरको कुम्मायक गाउँपालिका-२ माङजाबुङ (तत्कालीन माङजाबुङ गाविस) मा जन्मिएका उनी सदरमुकाम फिदिमलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए।

रेडियो तथा पत्रपत्रिकामा लामो समय काम गरेका शेर्माले रेडियो नेपालको संवाददाताका रूपमा समेत लामो समय जिम्मेवारी सम्हालेका थिए । विसं २०५९ सालदेखि पत्रकारितामा सक्रिय उनले जिल्लाका सञ्चारमाध्यमको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका थिए ।

उनी नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका संस्थापक अध्यक्ष थिए।

सम्बन्धित खबर