
काठमाडौँँ । पूर्वी नेपालको कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ र भारतको सिक्किम सीमावर्ती क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ । ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) तथा युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) का प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड रहेको छ । भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यको मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर पश्चिम-उत्तरपश्चिममा रहेको जनाइएको छ ।