सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दा चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

मंसिर लागेसँगै निरन्तर घटिरहेको सुनको मूल्य आइतबार पनि प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको थियो । आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको थियो ।

कात्तिक ३० गते प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य मंसिर १ गते १ हजार ९०० रुपैयाँले घटेको थियो । त्यसपछि मंसिर २ गते ६ हजार ३०० रुपैयाँ र मंसिर ३ गते ३ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य मंसिर ४ गते शुक्रबार एकैदिन १२ हजार २०० रुपैयाँले घटेको थियो ।

यसरी मंसिर महिनाको सुरुवातदेखि सुनको मूल्यमा लगातार गिरावट देखिए पनि पछिल्लो कारोबारमा भने सामान्य वृद्धि भएको छ ।

सम्बन्धित खबर

सिफारिस