झारफुकबाट निको पार्ने भन्दै भाइरल भिडियोमा देखिएका झाँक्री पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । झारफुकबाट बिरामी निको पार्ने दाबी गर्दै महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जुम्लाका एक झाँक्री पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका-१ निवासी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन् ।

रोकायाले १४ वर्षीया सावित्री रोकायालाई झारफुकबाट निको पार्ने भन्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले शनिबार दिउँसो १२ बजे रोकायालाई आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

×