सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

Diyo post  

भक्तपुर, कार्तिक २० । तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाइ बिक्री गरिरहेको पाइएको छ ।

अनुगमनमा अनुगमन टोलीले अखाद्य वस्तु मिसाएर बनाएको, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउँन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ ।

अनुगमनका क्रममा सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको पाइएको हो ।

दर्ता नभएका र केहीमा दर्ता भए पनि नवीकरण नगरिएको पाइएको थियो । तिहारका लागि बनाइएको अधिकांश मठाई पकाउने तेल जाँच गर्दा रानसिड (एशिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाई र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिको संयोजक एवं उपप्रमुख जुना बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबर