
काठमाडौँ । दराजले अगष्ट ७ अर्थात् शुक्रबारदेखि सातदिनसम्म चल्ने गरी ‘८.८ ग्रेट एट सेल’ ल्याउने भएको छ । अनलाइन सपिङ प्लेटफर्म दराजले भोलि अर्थात् साउन २२ गतेबाट साउन २७ गतेसम्म चल्ने गरी यो योजना ल्याउने भएको हो ।
दराजको ८.८ अफर शुक्रबार राति ८ बजेदेखि साउन २७ बुधबारसम्म चल्ने छ । यस अवधिमा ग्राहकले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी, ५० लाख रुपैयाँ बराबरका भौचर तथा दैनिक ‘मिस्ट्री डिल्स’मार्फत करिब १५ हजार रुपैयाँ बराबरका उपहार जित्ने अवसर पाउने दराजले जनाएको छ ।
यस अभियानमा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोकप्रिय ब्रान्डका उत्पादनमा समेत विशेष छुट उपलब्ध गराउने घोषण गरेको छ ।
कम्पनीका अनुसार प्लाटिनम ब्रान्ड पार्टनरअन्तर्गत होनासा र बेयर एनाटमीका उत्पादनमा १० प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड पार्टनर, ब्रान्डहाउसका उत्पादनमा ६० प्रतिशतसम्म तथा सिल्भर ब्रान्ड पार्टनरअन्तर्गत न्यूलाइट, यूग्रिन, जीएनसी र बियर्डोका उत्पादनमा ७० प्रतिशतसम्म छुट दिने बताएको छ ।
ग्राहकको किनमेल अनुभवलाई थप आकर्षक बनाउन अभियान अवधिभर ‘ब्रान्ड रश आवर’ पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ । जसमा पहिलो विशेष सेसन शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान २ बजेसम्म हुनेछ ।

त्यसपछि आइतबार देखि बुधबारसम्म हरेक बेलुका ८ बजेदेखि १० बजेसम्म ‘ब्रान्ड रश आवर’ सञ्चालन गरिने पनि दराजले जनाएको छ । यस अवधिमा ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुने दराजको दाबी छ ।
यसैगरी, ८.८ को सेल अवधिभर दैनिक सञ्चालन हुने ‘फ्ल्यास सेल’मार्फत सीमित अवधिका लागि विशेष अफर पनि उपलब्ध हुने छ ।
दराजले यसपटक ईसेवासँगको सहकार्यमा डिजिटल भुक्तानीमा अतिरिक्त छुटको व्यवस्थासमेत गरेको छ । शुक्रबार (अगस्ट ७) राति ८ बजेदेखि मध्यरातसम्म ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) सम्म छुट पाउने व्यवस्था मिलाएको छ । त्यस्तै, शनिबार (अगस्ट ८) देखि (अगस्ट ११) मंगलबारसम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ईसेवा प्रयोग गरी खरिद गर्दा ९ प्रतिशतसम्म (अधिकतम १५० रुपैयाँ) अतिरिक्त छुट उपलब्ध गराएको पनि जानकारी दिएको छ ।
यो सेलको अर्को आकर्षण भनेको ‘डेली मिस्ट्री डिल्स एन्ड गिभअवेज’ पनि रहेको दराजले जनाएको छ । जसमा योजना अवधिभर हरेक दिन एक जना भाग्यशाली विजेतालाई करिब १५ हजार रुपैयाँ बराबरका गिफ्ट भौचर जित्ने अवसर हुनेछ ।
शनिबार (अगस्ट ८) देखि दराज नेपालको आधिकारिक इन्स्टाग्राम पेजमा ८ वटा ‘मिस्ट्री’ उत्पादन, तिनको वास्तविक मूल्य (एमआरपी) र अफर मूल्य सार्वजनिक गरिने पनि बताइएको छ । यसमा सहभागी हुनेले हरेक दिन साँझ ७ बजेसम्म आफूले अनुमान गरेका तीन उत्पादनको उत्तर कमेन्ट गर्नुपर्नेछ । सही अनुमानसहित कमेन्टमा तीन जना साथीलाई ट्याग गर्ने सहभागीले दैनिक लक्की ड्रमा सहभागी हुनेछन्, जसबाट प्रत्येक दिन एक जना विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।
आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा अतिरिक्त बचत, निःशुल्क डेलिभरी तथा दैनिक पुरस्कार कार्यक्रमसहित ‘८.८ ग्रेट एट सेल’ यस सिजनकै सबैभन्दा ठुलो र लाभदायी अनलाइन किनमेल योजना हुने कम्पनीले जनाएको छ ।