नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चार्टर्ड  एकाउन्टेन्ट नागेन्द्र साहलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

धनुषाको नगराइन नगरपालिका-३ निवासी साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

साह खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशकमा चयन भएका हुन् ।  निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले साउन १७ गते साहसहित प्युठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सम्बन्धित खबर

सिफारिस