सारेगमपमा नेपाली चेली मेनुका पौडेलको धमाकेदार प्रस्तुति, उत्कृष्ठ गायकीप्रति जजहरु नतमस्तक (भिडियोसहित)

दियो पोस्ट  

 

काठमाडौं, मंसिर ४ । गत वर्ष नेपाल आइडलमा टप १० मा पनि पर्न नसकेकी नेपाली चेलीले यो वर्ष भारतको जी टिभीमा प्रसारित भइरहेको सारेगमापामा एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिएकी छिन् । भारतजस्तो लाखौ गायक गायिक भएको, साधना प्रशस्त समय, पैसा खर्च गर्नैहरुको बोलवाला रहँदै गर्दा २० बर्षिया नेपाली चेली मेनुकाले एकपछि अर्को दमदार प्रस्तुति दिन सफल हुँदै आएकी छिन् ।

सुमधुर आवाजकी धनी मेनुका उत्कृष्ट १३ भित्र परेकी छिन् । आइतबार उनले दिएको प्रस्तुतिपछि उनको चर्चा झनै चुलिएको छ । खुबसुरत फिल्मको पिया वावरी गीतमा दमदार प्रस्तुति दिएकी हुन् ।

मेनुकाको प्रस्तुतिपछि वाजिद खान, शेखर रवजियानी, सोना महापात्रा, ऋचा शर्मा धुरन्धर कलाकारले गायकीको खुलेर प्रशंशा गरेका छन् । उनको प्रस्तुतिमा गेस्टको रुपमा आएकी प्रिति जिन्टा मात्रै झुलिनन् ऋचा शर्माले पनि उत्तिकै आनन्द लिएको देखिन्छ ।

दमदार प्रस्तुति दिएपछि जुरी मेम्बरबाट मेनुकाले एक सयमा ९९ दशमलव तीन प्रतिशत अंक पाउन सफल भइन् । मेनुका आँखा देख्दिनन् । तर, उनको आफ्नो गायन कलाबाट दुनियाँलाई हायलकायल पार्दै आएकी छिन् । एकपछि अर्को दमदार प्रस्तुति दिएपछि उनी अझै अगाडि जाने देखिन्छ ।

उनले एकपछि अर्को गर्दै भारतीयहरुलाई चुनौती दिएको विषयले सामाजिक संजालमा निक्कै चर्चा बटुलेको छ ।