नेविसंघको विधानः १०१ सदस्यीय र्कायसमिति निर्वाचित गर्न पाउने, यस्ता छन् अरु व्यवस्था

दियो पोस्ट  

काठमाडौं, ८ मंसिर ।  माघ २ भित्र महाधिवेशन गर्ने गरी दुई महिना थप गरिएपछि कांग्रेसले नेविसंघलाई विधान पनि स्वीकृत गरी दिएको छ । यस अघि पार्टीले विधान नै नदिंदा नेविसंघको १२ औं महाधिवेशन अन्यौलपूर्ण बनेको थियो । तर, अहिले पनि पार्टीले समयमैं विधान दिंदा महाविधेशन निर्धारित समयमैं हुने सम्भावना बढेर गएको छ ।

के छन् विधानमा ?
विधानमा केन्द्रीय अध्यक्ष, एक महामन्त्री, खुल्लातर्फ सात उपाध्यक्ष (प्रत्येक प्रदेशभित्रका मतदाताहरुबाट निर्वाचित हुने), उपाध्यक्ष छात्रातर्फ देशभरका मतदातबाट निर्वाचित हुने एक, आदिवासी जनजातितर्फ देशभरका मतदाताबाट निर्वाचित हुने उपाध्यक्ष १, देशभरका मतदाताबाट निर्वाचित हुने मधेसी उपाध्यक्ष १, देशभरका मतदाताबाट निर्वाचित हुने दलित उपाध्यक्ष १, कोषाध्यक्ष १ हुने उल्लेख छ ।

त्यस्तै, सहमहामन्त्रीतर्फ प्रत्येक प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने ७, सहमहामन्त्री छात्रातर्फबाट देशभरका मतदाताबाट निर्वाचित हुने एक, आदिवासी जनजातितर्फ देशभरका मतदाताबा निर्वाचित हुने सहमहामन्त्री एक, मधेस र दलितबाट एक एक सहमहामन्त्री र उपत्यकाका मतदाताबाट निर्वाचित हुने एक सहमहामन्त्री छन् । केन्द्रीय सदस्यतर्फ २८ मा ७ छात्रासहित समावेशी कोटा, विश्वविद्यालयसहित गरी जम्मा ८० पदमा निर्वाचन हुने भएको छ ।

केन्द्रीय अध्यक्षले एक महामन्त्रीसहित २१ जना केन्द्रीय सदस्यलाई मनोनित गर्न पाउँनेछन् ।
विधानका अरु प्रावधान यस्ता छन् :

 

 

              

TATA ADD