टाउकोदुखाइ कम गर्न के गर्ने जानिराखौँ

Diyo post  

युवापुस्तादेखि वृद्धसम्मलाई टाउको दुख्ने समस्याले हैरान भएको दुखेसो पोखिरहन्छन् । टाउको दुखेकै कारण आफ्नो दैनिक काम गर्न नसक्ने पनि घेरै छन् ।कतिपय जति औषधि खाँदापनि टाउको दुख्न कम नभएको दुखेसो गर्छन् ।

हाम्रो दैनिक अव्यवस्थित जीवनशैली, खानपान, धुवाधुलो, तनाव, अनावश्यक सोचाइ इत्यादि कारणले टाउको दुख्ने समस्या भइरहन्छ । हामिले हाम्रो दैनिक जीवनशैली परिवर्तन गर्यौ भने पक्कै पनि टाउको दुखाइ कम हुन्छ । अव्यवस्थित जीवनशैली त्यागेर योग अभ्यासमा ध्यान दिएको खण्डमा टाउको दुखाइको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

योग कसरि गर्ने
–  खमलिपेटमा योग गर्दा सबैभन्दा उत्तम हुन्छ । आफ्नो समय अनुसार बिहान , दिउँसो र बेलुका गर्दा हाम्रो शरीरलाई फाइदा पुग्छ ।

–  पहिले आफुलाई सजिलो हुने आसन छान्नुपर्छ । ताकि योग समयमा अरुकेहिको परवाह नगरी आफ्नो ध्यान योगमा मात्र लगाउन सकियोस् । बस्न सहज र योग क्रियाका क्रममा कुनै अवरोध नहुने आसन रोज्नुपर्छ ।

–  शरीरलाई आरामसँग राख्नुपर्छ । योगका क्रममा शरीरलाई चलाउँदा शरीरका सबै अंग राम्रोसँग चलाउन सक्नुपर्छ ।

सम्बन्धित खबर