मंगल ग्रहमा नासाको अन्तरिक्ष यान, अबौँ वर्ष पुराना रहस्य खुल्ने

मंगल ग्रहमा नासाको अन्तरिक्ष यान, अबौँ वर्ष पुराना रहस्य खुल्ने

बीबीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक अन्तरिक्ष यान मंगलबार राति मंगलग्रहमा उत्रिएको छ । राति करिब पौने दुई बजे पठाइएको यान करिब सात मिनेटमै ल्याण्डिङ गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्न पठाइएको उक्त यानले सेफ ल्याण्डिङ गरेपछि नासाका अधिकारीहरु खुशी भएका थिए ।

प्रक्ष्येपण गरिएको सात मिनट निकै तनावपुर्ण रहेको थियो तर सफल रुपमा मंगल ग्रहमा उत्रिएपछि भने सबैमा एक आशासहितको मुस्कान देखिएको थियो । नासाले पहिलो पटक पृथ्वीभन्दा वाहिरी ग्रहको सक्ष्म अध्ययन गर्न लागेको हो । अहिले उक्त यानले चरणवद्ध रुपमा पृथ्वीमा सुचनाहरु पठाइरहेको छ ।

उक्त यान भुमध्य रेखा नजिकै भएको एलिसिया प्लानिशिया नामको समथर मैदानमा अवतरण भएको छ । हाल नासाका वैज्ञानिकहरु यानमार्फत त्यस ठाउँ वरपरका जानकारी र तस्विरको प्रतिक्षा गरिरहेका छन् । सम्पुर्ण जानकारी पछि केही घण्टामै उक्त यान पृथ्वीमै फर्कने छ ।

इन्साइटले मंगल ग्रहबारे अरवौँ वर्षसम्म पत्ता लाग्न नसकिएका सुचना तथा जानकारी दिन सक्छ । आफ्नो अभियानको क्रममा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्नेछ जसले यसभित्रको हलचल रेकर्ड गर्नेछ । यसले मंगल ग्रहभित्र भूकम्पजस्तो कुनै हलचल हुन्छ कि हुँदैन भनेर पत्ता लगाउनेछ ।

इन्साइटले मंगलग्रहमा खनेर त्यसबाट विभिन्न जानकारीहरु उपलब्ध गराउने छ । इन्साइट यस्तो प्रविधिबाट काम गर्ने पहिलो यान हुनेछ । साथै, एक जर्मन उपकरण पनि मंगल ग्रहको जमिनको पाँच मिटर मुनी गएर तापक्रमबारे जानकारी दिनेछ ।

यसको तेस्रो प्रयोगमा रेडियो ट्रान्समिशनको प्रयोग हुनेछ जसमार्फत यो ग्रह आफ्नो अक्षरेखामा कसरी घुम्छ भनेर पत्ता लाग्छ ।

यो अभियानसँग सम्बन्धित एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन्, ‘तपाईं एउटा काँचो र पाकेको अण्डा लिनुहोस् । दुबैलाई घुमाउँदा त्यो भिन्न तरिकाले घुम्छ किनभने त्यसभित्रको तरल पदार्थ भिन्न हुन्छ । आजसम्म हामीलाई थाहा छैन कि मंगलभित्र तरल पदार्थ छ कि ठोस् छ । साथै, यसको भित्री भाग कति ठूलो छ त्यो पनि थाहा छैन । इन्साइटले हामीलाई त्यो जानकारी उपलब्ध गराउनेछ ।’

० प्रतिक्रिया




ट्रेन्डिङ