काठमाडौं,मंसिर ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल गुणराज दाहालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको दावी सहित अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सम्झौता अनुसारको काम सकेर विल पेश गरि भुक्तानी माग्दा लेखापाल दाहालले २५ हजार रुपैया घुस लिएको अख्तियारले दाबी गरेको छ ।