
(from left) Subash Nirola, Senior Director, NTB, Bhawani Rana, Executive Member, FNCCI and Sangita Nirola, Chairperson, Swati during an Interaction on “Forum for Social Change” at NTB’s office, Bhrikutimandap on Friday. Post photo / kaushal adhikari / Kantipur
काठमाडौं,मंसिर ११ । रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन ।
मंगलबार काठमाडौंमा एक समारोहका बीच घोषणा गरिएको सो कार्यक्रममा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको सो योजना कायान्वयनमा भने चुनौति देखिएको टिप्पणी गरेका हुन ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लागू गरेको यो योजनाले सामाजिक रुपान्तरणको कामलाई अघि बढाएको उल्लेख गरिन् । उनले यसको सफल कार्यान्वयनबाट मात्रै श्रमिकको भविष्य सुरक्षित हुने र त्यसले रोजगारदाताहरुलाई पनि प्रतिफल मिल्ने स्पष्ट पारिन् । अध्यक्ष राणाले सरकारको सो योजनालाई सफल बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ऐतिहासिक भएको बताए । उनले यो कार्यक्रमले देशै भित्र काम गरेर खाने वातावरण बन्ने विश्वास पनि व्यक्त गरे ।
अध्यक्ष शर्माले सामाजिक सुरक्षा कोषको बजेट सदुपयोग गर्दै राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन पनि सरकारसँग आग्रह गरे ।