सरकारको सामाजिक सुरक्षा योजनामा व्यापारीको साथ, भने,‘देश भित्रै काम गरेर खाने वातावरण बन्यो’

Diyo post  

काठमाडौं,मंसिर ११ । रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन ।

मंगलबार काठमाडौंमा एक समारोहका बीच घोषणा गरिएको सो कार्यक्रममा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको सो योजना कायान्वयनमा भने चुनौति देखिएको टिप्पणी गरेका हुन ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लागू गरेको यो योजनाले सामाजिक रुपान्तरणको कामलाई अघि बढाएको उल्लेख गरिन् । उनले यसको सफल कार्यान्वयनबाट मात्रै श्रमिकको भविष्य सुरक्षित हुने र त्यसले रोजगारदाताहरुलाई पनि प्रतिफल मिल्ने स्पष्ट पारिन् । अध्यक्ष राणाले सरकारको सो योजनालाई सफल बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ऐतिहासिक भएको बताए । उनले यो कार्यक्रमले देशै भित्र काम गरेर खाने वातावरण बन्ने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष शर्माले सामाजिक सुरक्षा कोषको बजेट सदुपयोग गर्दै राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन पनि सरकारसँग आग्रह गरे ।

सम्बन्धित खबर