एपीएफलाई पराजित गर्दै थ्रीस्टार ए डिभिजन लिगको शीर्ष स्थानमा

diyopost.com
Diyo post  शुक्रबार, मंसिर १४, २०७५ | १७:५५:३०

काठमाडौँ, मंसिर १४ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले हराउँदै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको आजको पाचौँ संस्करणको खेलमा थ्रीस्टारले ५ खेलमध्ये ४ खेलमा जीत हात पार्दै र्शीर्ष स्थानमा पुग्न सफल भएको हो । थ्रीस्टारलाई जिताउन रञ्जन बिष्टले २३ र ६६ औँ मिनेटमा गोल गरेका हुन् ।

जीतसँगै थ्रीस्टारको १० अंक भएको छ । यस्तै आज नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) क्लबलाई ३–० ले हराउदै नेपाल पुलिस क्लब तेस्रो स्थानमा उक्लिएको छ । जीतसँगै पुलिसले पनि १० अंक बनाएको छ । पुलिसलाई जिताउन निर कुमार राईले २ र अभिषेक रिजालले १ गोल गरे ।

सम्बन्धित खबर