
एजेन्सी, कार्तिक १५ । इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल-बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ।
आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल-हाशेमी अल-कुरैशी नयाँ नेता घोषित भएका छन्।
अमेरिकी विशेष फौजको कारबाहीमा गत शनिवार अल-बग्दादी सिरियामा मारिएका थिए।
एउटा छुट्टै कारबाहीमा अक्टोबर २७ तारिखमा समूहका प्रवक्ता अबु अल-हसन अल-मुजाहिर मारिएको पनि आईएसले पुष्टि गरेको छ।
आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल-बग्दादी समूहका नेता घोषणा गरिएका थिए।