इंग्ल्याण्डको क्रिकेट टोली(एमसीसी) नेपालमा

इंग्ल्याण्डको क्रिकेट टोली(एमसीसी) नेपालमा

काठमाडौँ,कात्तिक १६ । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ ।

विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो ।

एक साता नेपालमा रहने सो टीमले पोखरामा स्थानीय क्लवसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तरगत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ । एजेन्सी

Trending News