८ दशमलव ८८ अंकले नेप्से परिसुचक घट्यो

८ दशमलव ८८ अंकले नेप्से परिसुचक घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । यस दिन नेप्से ८.८८ अंकले घटेर ११३९.२९ बिन्दूमा झरेको छ । विगत केही दिनदेखि नेप्सेमा लगातार गिरावट आएको छ । कुल १६१ वटा कम्पनीको ७ लाख ८४ हजार कित्ता शेयर १७ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका समूहमध्ये सामूहिक लगानी कोष समूह बाहेक सबै समूह घटेका छन् । यस दिन प्रभु बैंक र देवः विकास बैंकका संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । दुवैको आज करिब डेढ करोड रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचक घटेको दिन एनआईसी एसिया ग्रोथ फन्ड र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको शेयर मूल्य करिब साढे चार प्रतिशतले बढेको छ । तर, मेगा बैंक नेपाल र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर करिब साढे पाँच प्रतिशतले घटेको छ ।

Trending News