हुण्डी कारोबारमा संलग्न तीन जना भारतीय १८ लाख नगदसहित पक्राउ

हुण्डी कारोबारमा संलग्न तीन जना भारतीय १८ लाख नगदसहित पक्राउ

पर्सा, कात्तिक २२ । बिरगंजबाट अवैध नगदसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको टोलीले बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट तीन जनालाई १८ लाख अवैध रकमसहित नियन्त्रणमा लिएको हो ।

रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेको बिआर ०५ एस ३७९२, बिआर ०५ बि १४४४ र बिआर ०६ एआर ३७८९ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्रहरीले अवैध रकम बरामद गरेको हो । रकमसहित भारत बिहार सुगौली बजारमा बस्ने २२ बर्षीय बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ बर्षीय सुधिर कुमार र सोही स्थानका ३० बर्षीय सहिद आलम रहेका छन् ।

उनिहरुबाट बरामद भएको रकमको श्रोत नखुलेपछि प्रहरीले तीनै जना अवैध हुण्डी कारोबारी हुनसक्ने अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्साले उनिहरुको बिषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Trending News